April 29, 2026

कनकाई नगरपालिका कार्यालय उद्घाटन

0

logo-of-purwanchal

सुरुङ्गा, जेठ ९ । हालै नेपाल सरकारबाट घोषणा गरिएको कनकाई नगरपालिकाको कार्यालयको उद्घाटन गरी काम सुचारु गरिएको छ । गएको बैशाख २५ गते सुरुङ्गा र घैलाडुब्बा गाविस मिलाएर नेपाल सरकारबाट घोषणा गरिएको कनकाई नगरपालिकाको काम जेठ ४ बाट सुरुङ्गा गाविस कार्यालयबाट शुरु गरिए पनि शुक्रवार जुके कल्भर्ट दक्षिण रहेको जनार्दन सिटौलाको घरमा नगरपालिकाको कार्यालय एक भव्य समारोहवीच उद्घाटन गरिएको छ । जग्गाको व्यवस्थापन गरी नगरपालिका भवन निर्माणको काम तुरुन्त शुरु गर्ने बताइएको छ ।  कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल र विशिष्ट अतिथि क्षेत्र नं.४ का सभासद् प्रेम गिरीले नौमति बाजाको धुन तथा गडगडाहट तालीका बीच संयुक्त रुपमा ब्यानर खोलेर कार्यालयको उद्घाटन गरेका थिए । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कृष्ण पोखरेल, जिविस झापाका योजना अधिकृत एवम् नवघोषित विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रुद्र न्यौपाने, भृकुटी उच्च मा.वि.दुर्गापुरका पूर्व प्रअ जनार्दन सिटौला लगायतको विशेष आतिथ्य रहेको कार्यक्रममा स्थानीय मोर्निङ ग्लोरी अंग्रेजी विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेत्रप्रसाद चिमरिया, छबि थपलिया, गोविन्दप्रसाद पौडेल, चिरञ्जीवी उप्रेती, चन्द्रमोहन उप्रेती, रमेश श्रेष्ठ, प्रेमप्रसाद दाहाल, खेमराज कार्की, भीष्म मैनाली, लीलाबहादुर कटुवाल, केदार गिरी, कृष्णबहादुर कटुवाल, रुद्रप्रसाद चिमरिया, मातृका सिटौला, केदारशम्शेर गिरी, चन्द्रमान कन्दङ्वा, रत्नकुमार श्रेष्ठ, देवराज ओझा, श्यामकुमार पौडेल, शिवकुमार कडेल, ज्योति उप्रेती, चन्द्र चुडाल, युवराज संग्रौला, हिम्मत नेम्बाङ्ग, चन्द्रबहादुर बस्नेत, लक्ष्मीप्रसाद गुरुङ्ग, राजेन्द्रकुमार पोखरेल, चुवालाल राजवंशी लगायतका राजनीतिक दल, शैक्षिक तथा सामाजिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्य रहेको थियो भने घैलाडुब्बा गाविसका पूर्व अध्यक्षहरु सूर्य उप्रेती र बृहस्पति उप्रेती, नेपाली कांग्रेसका महासमिति सदस्य खगेश्वर उप्रेती, सुरुङ्गा गाविसका पूर्व अध्यक्ष भीमप्रसाद अधिकारीले नगरपालिका घोषणाको स्वागत गर्दै कनकाई नगरपालिकाले चाँडै नै समग्र क्षेत्रको विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे । कार्यक्रमका अध्यक्ष समेत रहेका सुरुङ्गा नगरपालिकाका कार्यकारी अधिकृत रुद्रप्रसाद कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सम्पूर्ण अतिथिलाई स्वागत गरेका थिए भने नगरपालिकाका कर्मचारी लक्ष्मी अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *