June 20, 2026

नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्यमा छत्रबहादुर गिरी मनोनित

0

भद्रपुर,

नेपाल भारत मैत्री संघको केन्द्रीय सदस्यमा प्रतिष्ठित उद्योगपति छत्रबहादुर गिरी मनोनित हुनुभएको छ।

झापाको विर्तामोड नगर पालिका -६ मा स्थायी बसोवास गर्नु हुने गिरी झापाको गिरी बन्धु टी इस्टेट लगायतका चिया उद्योगसँग सम्बन्धित प्रतिष्ठित उद्योगी हुनुहुन्छ।

उहाँले, नेपाल परिवार नियोजन संघको दुई कार्यकालसम्म अध्यक्ष रहेर सामाजिक व्यक्तित्वको पहिचान समेत बनाई सक्नु भएको छ। नेपाल भारत मैत्री संघको बैठकले गिरीलाई मैत्री संघको केन्द्रीय सदस्यमा मनोनयन गरेको मैत्री संघका झापा अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिनुभयो।

केन्द्रीय अध्यक्ष तथा प्रदेश सांसद ओमप्रकाश सरावगीको अध्यक्षतामा नेपाल भारत मैत्री संघको बैठक बसेको थियो। सोही बैठकले पूर्व सांसद पुष्पराज पोखरेललाई संघको सल्लाहकारमा समेत मनोनयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *