June 22, 2026

झापामा ६ जुवाडे नगदसहित पक्राउ

0

झापा,

दमक नगरपालिका–८ स्थित पेरुङ्गो होटलमा प्रहरीले छापामा मारेर ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा होटेल सञ्चालक दमक नगरपालिका– ७ का ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका–५ का २९ वर्षीय कैलाश लिम्बु, सोही ठाउँका ३३ वर्षीय मोहन ढुङ्गाना, ३८ वर्षीय द्रोणाचार्य कार्की, ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भीम सुब्बा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

लिम्बुले सञ्चालन गरेको पेरुङ्गो होटलको दोस्रो तलामा कोठामा जुवातास खेल भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शनिबार दिउँसो छापा मारेको थियो।

प्रहरीले छापा मारेर उनीहरूसहित जुवा खालबाट नगद एक लाख ६० हजार, तीन बुक तासा र १५६ तासको पत्ता बरामद गरेको डिएसपी थापाले बताए। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *