June 17, 2026

खोप काण्ड: दोषी पाइए कडा कारबाही गर्ने बिर्तामोड नगरपालिकाले चेतावनी

0

बिर्तामोड ।

झापाको बिर्तामोडमा गत साउन १५ गते भेटिएको खोपको विषयमा दोषी पाइए कडा कारबाही गर्ने बिर्तामोड नगरपालिकाले चेतावनी दिएको छ ।

शुक्रबार होटल टाइमलेस मुमेन्टमा कोरोना विरुद्धको १०३ भायल भेरोसिल खोपको विषयमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचार प्रति नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए ।

स्वास्थ्य कार्यालयबाट पठाइएको खोप बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खड्काले के कति कारणले होटलमा बुझने बुझाउने काम भएको हो, भन्दै नगरपालिकाले जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित समितिलाई सत्य तथ्य छानविन गर्न माग गरेका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *