होटलको कोठाभित्र जबरजस्ती करणी
झापा । 
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–३ पुलचोक बस्ने राजु थापा भन्ने २४ वर्षीय नुर खानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खानले ती महिलालाई मेचीनगर नगरपालिका–११ बाँसवारीस्थित शुभकामना होटल एण्ड लजको कोठाभित्र असार ८ गते ललाईफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
