June 17, 2026

४४ करोडको बजेट पारित गदै रोङको गाँउसभा सम्पन्न

0

गणेश अर्याल,इलाम ।

इलामको रोङ गाउपालिकाको ११ औ गाउ सभा सम्पनन भएको छ । सभाले ४४ करोड १८ लाख ८१ हजार ५ सय रुपैया बराबरको बजेट पारित गरेको छ ।

३ दिन सम्म सञ्चालन भएको गाउसभामा न्यायिक समिति सञ्चालन कार्यबिधि सम्बन्धी बिधेयक, कार्यपालिकाको चालु आर्थिक बर्षको सबै निर्ययहरु समेत सर्बसहमत पारित गरेको थियो ।

सभा समापनको अवसरमा एक जना कर्मचारी र एक जना मेलमिलाप कर्ता सम्मानित भएका छन् । यसरी सम्मानित हुने कर्मचारीमा कार्यालय सहयोगी खेमकुमारी भूजेल र मेलमिलाप कर्ता ऋषिकेश ओझा रहेका छन् । भूजेललाइ २५ हजार रुपैया र ओझालाइ ५ हजार रुपैया सहित प्रशंशा पत्रले सम्मान गरिएको छ ।

सम्पन्न भएको गाउ सभाले पारित गरेका बजेट अनुसार आम्दानी तर्फ समानीकरण अनुदान तर्फ रु ९ करोड ७७ लाख ९५ हजार रुपैया, समपुरक अनुदान तर्फ २ करोड ६ लाख, राजस्व बाडफाड तर्फ ७ करोड १ लाख ५ हजार रुपैया अनुमान गरिएको छ ।

त्यसैगरी ससर्त अनुदान तर्फ १८ करोड ९ लाख ५० हजार आन्तरिक श्रोत तर्फ १ करोड ३० लाख, र भूमि सुकुम्बासी राजस्व रु १ करोड आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै गत बर्षको अल्या भइ आउने ४ करोड ९४ लाख ३१ हजार ५सय रुपैया समेत गरी ४४ करोड अठार लाख एकासी हजार ५ सय रुपैया आम्दानी हुने अनुमान गरिएको छ ।

त्यसैगरी खर्च तर्फ ससर्त अनुदानमा १८ करोड ९ लाख ५० हजार, पुजीगतमा १७ करोड ८० लाख ३१ हजार ५ सय रुपैया र चालु खर्च तर्फ ८ करोड २९ लाख रुपैया हुने आय ब्यय बिवरणमा देखाइएको छ । गाउसभा समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रयास भटराइ, उपाध्यक्ष चन्द्रकला राई लगायतले सम्मानित ब्यक्तित्वको बारेमा चर्चा गर्दै बजेट कार्यान्वयनमा सबैलाइ सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

यस अघि बजेटको तथा अन्य बिषयमा सहभागीहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । यसरी धारणा राख्नेहरुमा रोङ १ का तुलसीराम न्यौपाने, रोङ ३ का मात्रिका बराल रोङ ६ का मणिकुमार स्याङबो लगायत रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *