पथरिशनिश्चरेभित्र तीन दिनयता संक्रमण शून्य
छबिराज ढकाल / पथरिशनिश्चरे,

पथरिशनिश्चरे नगरक्षेत्रमा काेराेना भाइरसलाई जितेर निकाे हुने संक्रमितकाे संख्या बढ्दै गएको छ । पछिल्लो तीन दिनयता संक्रमित थपिने क्रम पनि शुन्य रहेको छ। जसमा २ सय २४ जनाले काेराेना भाइरसलाई जितेर निकाे भएका छन् भने १५ जना अल्पायुमै दिवंगत भएका हुन् ।
यसैवीच, वडा नं -४ का ७२ बर्षिय एक वृद्धको कारोना संक्रमणका कारण निधन भएको छ । निजलाई केही दिन अघि स्वास- प्रसश्वासमा समस्या आए पछि उपचारार्थ नोवेल अस्पतालमा भर्ना गरिएकाे थियो। निजको उपचारकै क्रममा हिजो शनिवार मृत्यु भएको नगरका जनस्वास्थ्य मुरारी आचार्यले जानकारी दिनुभयो ।
नगरभित्र अहिलेसम्म १९८ महिला तथा १९९ पुरूष सहित ३ सय ९७ जनालाई संक्रमण पुष्टि भएको छ । उता, बेलबारी क्षेत्रमा हिजो र आज १/१ जना गरी कूल १९ जनाले कोभिडकै कारण ज्यान गुमाउनुपरेको स्वास्थ्य जन संपर्क अफिसर सन्तोष विश्वकर्माले बताएका छन्।
त्यस्तै, उर्लाबारी नगरपालिकामा हिजो शनिवार सम्ममा ५ जना नंया संक्रमित थप भएका छन् । अहिले सम्मको तथ्यांक अनुसार नगरमा ५७२ मध्यें ४६७ जना निको भएका छन् भने ३१ ले ज्यान गुमाए।
त्यसैगरी, लेटाङ्गमा पनि शनिबार मात्रै ४ संक्रमित थपिएका छन्। त्यहाँ ३६७ मध्यें ४ जनको निधन भएको छ भने २२८ निको भएका छन्। त्यसैगरी, सुन्दरहरैंचा नगरमा १२३० संक्रमित भएका मंध्यै ७१३ निको भए भने ३२ ले मृत्युवरण गरेको जिल्ला प्रशासन कार्यालय, मोरङले आईतबार संक्रमित भएकाहरुको दैनिक बुलेटिनमा उल्लेख गरेको छ ।
त्यस्तै, विराटनगर उपमहानगरपालिका क्षेत्रभित्र १० हजार २ सय ४३ संक्रमित पुष्टि भएमध्यें ७ हजार ८ सय ९ जनाले उपचार सेवा लिइ पूर्ण रुपमा स्वस्थ रहेका छन् भने १ सय ३९जनाको निधन भएको छ ।
हालसम्ममा मोरङ्ग जिल्लामा ११हजार ३ सय २५ जना संक्रमित उपचार पछि निको भैं घर फर्किएका छन् भने ३ सय २ जनाले ज्यान गुमाएका छन्।
