June 17, 2026

हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भन्दै ६० हजार रुपैयाँ घुस लिने प्रहरी जवानविरुद्ध मुद्दा दायर

0

काठमाण्डौ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय सीतागञ्ज सुनसरीका प्रहरी जवान कासिन्दर यादवविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

यादव विरुद्ध ६० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताउनुभयो ।

यादवले इलाका प्रहरी कार्यालय सीतागञ्जमा परेको उजुरी मिलाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम मागेको भन्ने सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले उनलाई घुसबापतको रकमसहित पक्राउ गरेको थियो ।

हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनेर सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको प्रवक्ता रिसालले बताउनुभयो ।-उज्यालो अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *