June 17, 2026

झापामा नमुना विपद् उद्धार अभ्यास प्रदर्शन

0

झापा,

झापामा नमुना विपद् उद्धार अभ्यास गरिएको छ। प्राकृतिक विपत्तिबाट तत्कालै नागरिकलाई बचाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहहरूको सहभागितामा नमुना विपद् तथा उद्धार अभ्यास गरेको हो।

अर्जुनधारा नगरपालिका–११ स्थित सालवारी झिलमा नमुना विपद् उद्धार प्रदर्शन गरिएको हो। वर्षाका कारण निम्तिने विपदबाट बच्न र सर्वसाधारणलाई सचेत गराउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा नमुना विपद् उद्धार कार्य प्रदर्शन गरेका थिए।

झापाका विभिन्न पालिकाका बस्तीमा बाढीको उच्च जोखिममा रहेकाले सचेत गराउन र उद्धारको प्रक्रिया जानकारी गराउन नमुना विपद् तथा उद्धारको अभ्यास गरिएको गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।

अभ्यासमा घरेलु सामग्रीको प्रयोगबाट कसरी ज्यान जोगाउन सकिन्छ भन्ने नमुना समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा जिल्लाका स्थान तहका प्रतिनिधि, नेपाली सेना, प्रहरी, सशस्त्रका अधिकृतहरूका साथै सर्वसाधारणको उपस्थिति थियो।

झापाका कनकाई, बिरिङ, मेची, रतुवा, माईलगायतका नदीका कारण बर्सेनि नदी आसपासका बस्ती डुबानमा पर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *