रूखबाट लडेर एक जनाको मृत्यु
संखुवासभा।

संखुवासभाको पाँचखपन नगरपालिका–६ माथिल्लो स्वाङगेका ६५ बर्षीय लीलाबहादुर कटुवालको रुखबाट लडेर मृत्यु भएको छ ।
नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र वानामा पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
