सिम्रिकको कारोबार डेढ अर्व बढी
बिर्तामोड ।
झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पुस मसान्तसम्ममा डेढ अर्व भन्दा बढी कारोबार गरेको छ ।

संस्थाको शिक्षा उपसमितिको आयोजनामा शनिबार भएको सदस्य भेटघाट तथा रणनीतिक योजना तर्जुमा गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।
शिक्षा उपसमितिका संयोजक मेहरमान विष्टको अध्यक्षता तथा संस्थाका अध्यक्ष सुवास भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा उपसमितिका सदस्य मदनकुमार रिजालले स्वागत गरेका थिए ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर बस्नेतले संस्थाले २०७७ पुस मसान्तसम्म गरेको कार्यको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

उनले २०७७ पुस मसान्तसम्म संस्थाका शेयर सदस्य ३० हजार एक सय २२ जना, शेयर पूँजी १८ करोड ८१ लाख १७ हजार पाँच सय रपैयाँ , निक्षेप संकलन ६७ करोड नौ लाख ३३ हजार तीन सय ३१ रुपैयाँ , ऋण लगानी एक अर्व १६ करोड ६४ लाख ४९ हजार नौ सय चार रुपैयाँ रहेको बताए । संस्थाले २०७७ पुस मसान्तसम्म एक करोड भन्दावढी नाफा गरेको र एक अर्व ५२ करोड कारोबार गरेको उनले जानकारी दिए ।
संस्थाले २२ वटा सदस्य सेवाकेन्द्रबाट वित्तिय सेवा सञ्चालन गरिरहेको बताउँदै उनले मोरङको उर्लावारी ,दाम्राभिट्टा र इलामको फिक्कल, इलाम बजारमा सदस्य सेवाकेन्द्र सञ्चालनको तयारी गरिरहेको र अन्य आठ वटा सदस्य सेवाकेन्द्र सञ्चालनको तयारी गरिरहेको जानकारी दिए ।
कार्यक्रममा गौरव कृषि सहकारी संस्थाका अध्यक्ष घनश्याम न्यौपाने , अमृत बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष ख्यामराज ढकाल लगायतले सिम्रिक साकोसले गरेको वित्तिय प्रगतिले आफूहरु पनि प्रभावित भएको बताए ।
कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य वद्री प्याकुरेलले गरेको तालिम विभाग प्रमुख विजय बस्नेतले जानकारी दिए ।
