September 13, 2026

वृद्धाश्रममा भवन निर्माण

0

logo-of-purwanchal
इलाम,  माघ ७  । इलाममा सञ्चालित माईभगवती वृद्धाश्रमका ज्येष्ठ नागरिकका लागि अमेरिकामा बस्दै आएकी प्रेमकुमारी धोत्रेले दुईकोठे पक्की भवन निर्माण गरिदिएकी छिन ।

उनले १२ लाख रूपैयाँमा भवन निर्माण गरिदिएकी हुन ।  इलामको गोदकस्थित राजदुवालीमा रहेको वृद्धाश्रम सञ्चालनका लागि रु एक करोड अक्षयकोष जुटाउने अभियान पनि सुरु गरिएको छ । अभियानका लागि विभिन्न दाताले शनिबार ४२ हजार रकम सङ्कलन गरेका छन् ।

सो अवसरमा प्रेम चन्द्रसिंह धोत्रे फाउन्डेसन इलामका अध्यक्ष मानबहादुर खड्गी, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, वृद्धाश्रम प्रबन्ध समितिकी अध्यक्ष विष्णु दाहाल, नेपाल रेडक्रस सोसाइटीका उपसभापति शिव गौतमले धोत्रे परिवारको सहयोग जिल्लामै उदाहरणीय रहेको बताए ।  १० रोपनी क्षेत्रफलमा स्थापना गरिएको वृद्धाश्रममा हाल १४ जना ज्येष्ठ नागरिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *