September 13, 2026

आयसरको शोरुम विर्तामोडमा

0

सुरेन्द्र भण्डारी

बिर्तामोड,माघ ७ । आयसर ट्याक्टर विक्रीको २० औं वर्ष पुरा गरेको अवसरमा द हवि अटो टे«डिङ्ग प्र.(लि)विरगञ्जले झापाको विर्तामोडमा ट्याक्टर विक्रीका लागि आधिकारीक सोरुम संचालनमा ल्याएको छ ।
टाफे मोटर्स एण्ड ट्याक्टर्स प्रा.(लि)का भाइस प्रेसिडेन्ट मार्केटिङ्ग साजीके पालको आतिथ्यमा आयोजित कार्यक्रममा मेघा डेलिभरी सहितको  ट्याक्टर सो रुम संचालनमा ल्याएको हो ।  द हवि अटो टेडिङ्ग प्रा.(लि)का अध्यक्ष उमेश नारायण मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा सो रुम उद्घाटन समारोह अघि आयोजित कार्यक्रमको  उद्घाटन  झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय विर्तामोडका अध्यक्ष वलराम कार्कीले गरेका थिए । द हवि अटो टेडिङ्ग प्रा.(लि)का क्षेत्रीय प्रवन्धक प्रकाश कोइरालाले स्वागत गरेको कार्यक्रममा ट्याक्टर खरिद कर्तालाई चावी हस्तान्तरण समेत गरिएको थियो । कार्यक्रममा द हवि अटो टेडिङ्ग प्रा.(लि)ले आफ्नो सामाजिक उत्तरदायी कार्यक्रम अनुरुप भन्दै विर्तामोड स्थित तारा नमस्ते वाल ग्रामलाई नगद दशहजार एक रुपैया हस्तान्तरण गरेको थियो । रकम वालग्रामका संचालक कृष्ण पौडेललाई हस्तान्तरण गरिएको थियो ।

DSC_0376                                                                                                                                                     आयसर ट्याक्टर खरिदकर्ता झापा घैलाडुव्वा निवासी रमेश चुडाललाई ट्याक्टरको चावी हस्तान्तरण गर्दै झापा उद्योग वाणिज्यसंघ शाखा कार्यालय विर्तामोडका अध्यक्ष वलराम कार्की एवं कम्पनिका अध्यक्ष उमेशनारायण मानन्धर ।

      तस्वीर विनोद पाण्डे/ पूर्वाञ्चल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *