June 17, 2026

चैत १७ गतेवाट चतारामा कुम्भ मेला

0

web-tauko1
बिर्तामोड, माघ ४ । चैत शुल्कपक्ष प्रतिपदा (चैत १७ गते) तिथिबाट एक महिनासम्म  सुनसरीको चतरामा कुम्भ मेलाको आयोजना हुने भएको छ । २०५९ साल वैशाख १ गतेदेखि १ महिनासम्म चलेको यो मेला यसअघि २०६४ साल चैत १ गतेबाट पनि एक महिनासम्म लागेको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिन यस वर्ष पनि चैत १७ गतेदेखि मेलाको प्रारम्भ गरिएको क्षेत्रीय प्रशासक शंकर अधिकारीले बताए ।
भारतमा मात्रै लाग्दै आएको यो मेला नेपालमा ऐतिहासिक जगतगुरु अनन्त श्री विभुषित श्रीश्री बालसन्त मोहनशरण देवाचार्य महाराजबाट प्रारम्भ गरिएको नेपालमा कुम्भ मेला लाग्नु गौरवको विषय भएको पूर्व संस्कृति सचिव मोदराज डोटेलले बताए । नेपालको राष्ट्रिय गरिमा उच्च राख्न मेलाको आयोजना गरिएको मेलामा एक करोड मानिस भित्र्याउन समेत लक्ष्य लिएको डोटेलको भनाइ छ । कुम्भमेलालाई नेपालमा स्थापित र ठूलो मेलाको रुपमा चिनाउन सबै लाग्नु पर्छ भन्दै डोटेलले भने मेला सम्पन्न गर्न ११ हजार १ सय ११ सदस्यीय मूल आयोजक समिति समेत गठन भइसकेको छ ।
राष्ट्रिय एकता, अखण्डता, सहिष्णुता सद्भावको संरक्षण सम्वद्र्धन गर्दै नेपाल र नेपालीको छुट्टै पहिचान कायम गराउन मेला आयोजना गरिएको समेत डोटेलले बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन वाग्ले, वरिष्ठ प्रहरी उपरीक्षक केशरीराज घिमिरे, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक गणेश संग्रौला, भद्रपुर नगरपालिका कार्यकारी अधिकृ सुवास श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय झापाका योजना अधिकारी होमनाथ भण्डारी, जिल्ला विकास समिति झापाका योजना अधिकृत रुद्रप्रसाद न्यौपाने, कानुन व्यवसायी भीम बराल, लक्ष्मी निरौला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, जिल्ला अध्यक्ष उमेश डालमिया, सचिव प्रकाश शिवाकोटी, निर्माण व्यवसायी शेरबहादुर बस्नेत, मेची उद्योग वाणिज्य संघका अध्यक्ष विजय डालमिया लगायतको आतिथ्यता रहेको थियो । प्रल्हाद भट्टराईले सञ्चालन गरेको कार्यक्रम जिल्ला प्रशासन कार्यालय झापा र उद्योग वाणिज्य संघ बिर्तामोडको सहकार्यमा भएको थियो ।
दुई सत्रमा विभाजित कार्यक्रमको पहिलो सत्रमा कुम्भ मेलाको आयोजनामा प्रचारप्रसारको विषयमा केन्द्रीत रहेको थियो । दोस्रो सत्रमा पूर्व क्षेत्रमा देखिएका व्यापारी व्यवसायीका समस्या र चुनौतिका विषयमा समेत छलफल भएको झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । कार्यक्रममा व्यवसायी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा, दलका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *