April 30, 2026

मोरङको बक्राहा खोलाले बगाएर महिलाको मृत्यु

0

मोरङ ।

मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया मायादेवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ ।

बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकीमा ईलाका प्रहरी कार्यालय सिजुवा तथा स्थानीयवासीले खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बगाएको स्थानभन्दा करिव तीन किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *