April 30, 2026

पत्रकारको पेशागत सुरक्षा गर्नुपर्ने माग

0

काठमाडौँ,

जागरण मिडिया सेन्टर, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सञ्चारिका समूहलगायत १० सङ्घसंस्थाले पत्रकारको पेशागत सुरक्षा गर्नुपर्ने माग गरेका छन् ।

पछिल्लो समयमा सञ्चार गृहले विभिन्न बहानामा पत्रकारलाई निस्काशन गर्ने, तलब कटौती गर्ने गरेको बताउँदै ती सङ्घसंस्थाले आज विज्ञप्ति जारी गरी पत्रकारको पेशागत सुरक्षा गर्न सरकारसँग जोडदार माग गरेका हुन् ।

“पछिल्ला दिनमा सञ्चार कानून निर्माण तथा अन्य नीतिगत निर्णयका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समावेशी सङ्घसंस्थालाई पूर्णरुपमा बेवास्ता गर्दै आएको छ, यसले वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री सञ्चारमा समावेशीताका लागि वकालत गर्दै आइरहेका संस्थाप्रति पूर्ण अनुदार छन् भन्ने पुष्टि गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

सङ्घसंस्थाले जनतालाई सही सूचना दिएर कोरोना भाइरस महामारी नियन्त्रणका लागि महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका महिला, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेशी, अपाङ्गता भएका समुदायका पत्रकार र सञ्चारगृहका लागि सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने मागसमेत गरेका छन् । सरकारले विगतमा अनुदान पाउँदै आएका पत्रकारका अधिकांश संस्थालाई उपेक्षा गरेर सीमित संस्थालाई मात्रै अनुदान दिने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *