April 30, 2026

ताप्लेजुङमा पहिरोले बगायो विद्यालय भवन

0

ताप्लेजुङ,

फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु, खानीमा गएको पहिरोले एक विद्यालयको भवन बगाएको छ।

मंगलबार राति ११ बजे वर्षापछि पहिरो जाँदा रानी आधारभुत विद्यालयको भवन बगाएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। घटनास्थलतर्फ प्रहरी चौकी तापेथोकको प्रहरी टोली परिचालन गरिएको डिएसपी श्रेष्ठले बताए।

विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाका अनुसार पहिरोबाट विद्यालयको चार कोठे भवन, दुई कोठे पक्की ट्वाइलेट, विद्यालयको खाजाघर समेत बगाउँदा लाखौँको क्षति भएको छ। त्यस्तै, स्थानीय भक्त लाबुङको भान्साघार र सुँगुर पहिरोले बगाएको छ।

स्थानीय २० घरले लगाएको मकैबारीमा पनि क्षति पुगेको बताइएको छ। पहिरोमा मानवीय क्षतिको भने जानकारी नआएको डिएपी श्रेष्ठले जानकारी दिए। त्यस ठाउँमा गतवर्ष पनि पहिरो गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *