April 29, 2026

आज थपिए ३२३ जना,संक्रमितको संख्या तीन हजार नाघ्यो

0

काठमाडौं,

नेपालमा शनिबार एकैदिन ३२३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या तीन हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ। हालसम्म देशका ७० जिल्लामा कोरोना फैलिएको छ।

मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितहरुमा ३७ जना महिला रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *