मोटरसाईकल दुर्घटना चालकको मृत्यु
मोरङ।

मोरङको बेलवारी नगरपालिका–८ राधानगरमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक ब्यक्ति घाईते भएका छन् ।
बुधवार राती सवा ११ बजे राधानगरको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २८ प ७४५४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई रूखमा ठोक्किएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय सौजन कार्की को मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका दुवैलाई अस्पताल पु¥याइएको थियो ।
सोही मोटरसाईकलको पछाडी सवार रहेका स्थानीय २२ बर्षीय साने तामाङको नोबेल अस्पतालमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
