नेकपाले गर्यो ६१ हजार रुपैयाँ सहयोग
बुधबारे।

लकडाउनकाे समयमा अति बिपन्न नागरिकलाई खाद्यान्न सहितको सेवा उपलब्ध गराउन नेकपा बुद्धशान्तिले बुद्धशान्ति गाउँपालिकालाई बुधबार ६१ हजार रुपैयाँ सहयोग गरेको छ ।
नेकपा बुद्धशान्ति अध्यक्ष टीका पाठक, सचिव प्रेम नेम्बाङ लगायतले रकम गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेल, प्रमुख प्रशासकिय अधिकृत इन्द्र चापागाईंलाई हस्तान्तरण गरेका छन् ।
यस अधि नेकपाबाट बिजयी जनप्रतिनिधिले ३ लाख ११ हजार ४ सय रुपैयाँ बुद्धशान्ति गाउँ पालिकालाई बुझाइ सकेको सचिवालय सदस्य धरणी पाेखरेलले बताउनु भयाे । नेकपा बुद्धशान्तिले लक डाउन अझै जटिल बने थप सहयोग गर्ने प्रतिबद्धता जनाएकाे छ ।
