May 3, 2026

झापामा भेटिए कोरोनाका एक बिरामी, संक्रमितको संख्या ४९ पुग्यो

0

काठमाडौं,

नेपाल कोरोना भाइरस संक्रमितको संख्या ४९ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार बेलुकासम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको हो। मन्त्रालयका अनुसार ती बिरामी झापाको दमक नगरपालिका निवासी हुन्। उनलाई हाल आइसोलेशनमा राखेर उपचार थालिएको छ।

अधिकारीका अनुसार उनको स्वास्थ्य वस्था सामान्य रहेको छ। नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या पनि १० पुगेको छ। नेपालमा सबैभन्दा धेरै उदयपुरमा २८ जना संक्रमित छन्। उनीहरु सबैको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।

यसअघि पहाडी जिल्ला भोजपुरका एकजना युवकमा कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *