May 4, 2026

वर्षासँगै अनुगमनपछि डढेलो नियन्त्रण

0

झापा ।

बन्दाबन्दीका बेला बढ्दै गएको डढेलो र वन कटानी नियन्त्रणमा पछिल्लो वर्षा र वन सुरक्षा गस्तीको अनुगमन प्रभावकारी भएको छ ।

जिल्लाका वनक्षेत्रमा जताततै डढेलो बढ्दै गएबीच पछिल्ला चार दिनयता पर्दै आएको पानीले वनक्षेत्रको डढेलो निभाएको छ । गत सोमबार रातिदेखि मङ्गलबार बिहानभरि राम्ररी परेको पानीले वनक्षेत्रको डढेलो निभाएको हो ।

त्यसयता पनि दिनहुँ कुनै न कुनै बेला फाटफुट पानी पर्दै आएपछि वनक्षेत्रको पतिङ्गर भिजेर आगो नबल्ने भएपछि सजिलै डढेलो नियन्त्रण भएको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । वर्षाले वनक्षेत्र पस्ने बाटाहरु हिलाम्य भएर सवारी साधन चल्न नहुने भएपछि वनचोरी कटान गर्ने तस्करको चलखेल पनि घटेको कार्यालय प्रमुख हेमन्तप्रसाद साहले बताउनुभयो ।

“यसअघि हामी डढेलो निभाउँदानिभाउँदै हैरान भएका थियौँ”, डिभिजन प्रमुख साहले भन्नुभयो, “वर्षाअघि विशेष तालिमप्राप्त सुरक्षा टोली परिचालित गरेर ३०० हेक्टरको डढेलो नियन्त्रण गरेका थियौँ, एकातिर निभाउँदा अर्को्तिर डढेलोको खबर आउँथ्यो, हैरान भएका थियौँ, वर्षाले राहत दिएको छ ।”

जारी लकडाउनकै अवधिमा चोरी कटान गरिएका १९७ क्यूविक फिट साखु ९साल० का गिण्डा बरामद गरिएका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । “हामीले वनको सुरक्षाका लागि अहिले तीनवटा विशेष तालिमप्राप्त सुरक्षा टोली परिचालित गरेका छौँ”, सुरक्षा गस्तीकै क्रममा जिल्लाको बर्दिवास नगरपालिका–३ को पाटु सामुदायिक वन क्षेत्रमा बिहीबार भेटिनुभएका डिभिजन प्रमुख साहले पाँच ठाउँमा गरेको विशेष अपरेशन ९खोज अभियान०मा एक वन तस्कर पक्राउ परेको बताउनुभयो । अन्य भागेका तस्करको पहिचान गरिएको हुँदा ढिलोचाँडो ती नियन्त्रणमा आउने साहको भनाइ छ ।

वर्षाको केही दिनभित्रै वसन्तमा नयाँ पालुवा फेरेका रुख लहलहाएका साहले बताउनुभयो । जिल्लामा सामुदायिक, साझेदारी, धार्मिक, कवुलियती र सागरनाथ वन परियोजनाको सहित २४ हजार हेक्टर क्षेत्रफलमा वन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *