May 3, 2026

नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस

0

काठमाडौं,

नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकले १९ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो। गृह मन्त्रालयले प्रकाशति गरेको सूची अनुसार बढुवा सिफारिस हुनेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी छन्।

त्यस्तै भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रविन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञबिनोद पोखरेल रहेका छन्।

हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *