May 3, 2026

इलाममा चट्याङका कारण भैंसी मर्‍यो

0

युद्धबहादुर बोहोरा / इलाम,

सोमबार बेलुका देखि शुरू भएको पानी र हावाहुरी संगै फाकफोकथुम-२,चुहानगाउँमा चट्याङ पर्दा दूध दिदैं गरेको एउटा भैंसी मरेको छ।

स्थानीय इन्द्रकमल चौहानले उनको घर नजिकै बाँधेको भैंसी बिहान ४ बजे गोठ पुग्दा मरेको अवस्थामा भेटिएको स्थानीय वीरबहादुर चौहानले बताए। मंगलबार राती १:१५ बजे ठुलो आवाजमा चट्याङ परेपछि पीडितका घरमा रहेको विद्युत मिटर बक्स र छेउमा रहेका उनका काका खगेन्द्र र भाइ रमेशको घरको समेत मिटर बक्स, कालो तार जलेर खराब हुँदा करिब एक लाख ३० हजार बराबरको क्षति भएको एकतप्पा प्रहरी चौकीले जनाएको छ।

केहि महिना अघि दुधडेरी संस्थाबाट एक लाख २० हजार रुपैयाँ ऋण लिएर भैंसी खरिद गरि दुधबाट घरायसी जिविका चलाउदै आएका उनको अहिले क्षतिबाट जोगिएको सानो पाडाे मात्रै बचेको छ। आम्दानी गर्ने मुख्य श्रोत मेटिएकोमा उनी चिन्तित हुँदै भन्छन्,’श्रीमती सुत्केरी छिन्,एक महिनाको सानो छोरो छ। विश्वमा महामारी चलेको बेला मलाई संकट माथि झन संकट थपियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *