May 3, 2026

बिहेको प्रलोभन देखाएर जबरजस्तीकरणी गरेको आरोपमा युवा पक्राउ

0

गोरखा,

गोरखा नगरपालिका २ की १६ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा गोरखा नगरपालिका ७ का रामशरण सिर्मललाई प्रहरीले पक्राउ गरेको छ।

बिहे गर्ने प्रलोभनमा पारी गत चैत ३ गते दिउँसो साँढे चार बजे किशोरीलाई जबर्जस्तीकरणी गरेको पीडितका बुबाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ।

उनलाई आइतबार पक्राउ गरी जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *