पौडी खेल्ने गएका दुई बालबालिका मृत फेला
तेह्रथुम ।
तेह्रथुमको छथर गाउँपालिका–२ बस्ने रेवन्त बिकको १० बर्षीय छोरा सरोज बिक र उनकै भान्जी १० बर्षीया ऐलिना बिक तेलिया खोलाको दहमा मृत फेला परेका छन् ।
शनिवार दिउँसो दुबै बालक तथा बालिका छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट गएको प्रहरी टोली र स्थानीयवासी समेतको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा दुवै जनाको शव फेला पारेको थियो ।
घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
