May 5, 2026

सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

0

काठमाण्डौ,

काठमाण्डौको काडाँघारीमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। सनसिटीमा बस्दै आएका उनीहरुलाई र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि थप पुष्टिका लागि उनीहरुको नमुना राष्ट्रिय प्रयोगशाला टेकु लगिएको थियो।

दुई जनाको रिपोर्ट पोजेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालय जनाएको छ । उनीहरु गएको चैत ५ गते बेलायतबाट फर्किएका हुन् । हिजो आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा पोजेटिभ देखिए पछि पीसीआर विधिबाट थप परीक्षण गरिएको हो ।

उनीहरु तीनै जना अहिले पाटन अस्पतालको आइसोलेशनमा छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पाटन अस्पतालका निर्देशक डाक्टर बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले सनसिटी अपार्टमेन्टमा बस्ने अन्य व्यक्तिहरूको परिक्षण आजैदेखि सुरू गरिएको जनाएको छ ।-उज्यालो अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *