May 14, 2026

स्थानीयसंग मिलेर सिमा निगरानी गर्दै प्रहरी

0

झापा,

सिमावर्ती क्षेत्रमा जिल्ला प्रहरी कार्यालय झापाले सिमा निगरानी समिति गठन गर्दै खुल्ला सिमानाको फाइदा उठाउँदै लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्ण रुपमा रोक लगाएको छ ।

जिल्लाका बिभिन्न स्थानमा १६ वटा समिति निर्माण गर्दै प्रहरीलाई छक्कयाएर कोही पनि लुकी छिपी नेपाल प्रवेश गर्न नसकुन् भन्ने उद्देश्यले स्थानीयसंगको सहकार्यमा सिमा निगरानी समिति बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

नोवल कोरोना भाइसर कोभिड १९ को संक्रमणको समस्या भारतमा बढ्दै गएपछि खुल्ला सिमानाको फाइदा उठाउँदै नेपाली तथा भारतीय नागरिक लुकी छिपी नेपाल प्रवेश गर्न सक्ने भएकाले जिल्ला प्रहरी कार्यालय झापाले तीन जना प्रहरी निरीक्षकको कमाण्डमा थप एक सय ५० जना प्रहरी सिमा क्षेत्रमा परिचालन गरिएको छ प्रहरी उपरीक्षक कोइरालाले भन्नुभयो – प्रहरीले स्थानीय स्तरमा गठन गरिएको समितिसंग सहकार्य गर्दै सिमाको निगरानी गरिरहेको छ ।
सिमा क्षेत्रको निगरानीका लागि अहिले कचनकवल गाउँपालिकाको पथरीया, झापा गाउँपालिकाको टाघनडुब्बा र गौरीगञ्ज गाउँपालिकाको कोरोवारीमा प्रहरीले अस्थाई वेस क्याम्प निर्माण गरेको छ ।

झापाको पूर्बीउत्तर सिमाना तिरिङ खोलादेखि पश्चिम दक्षिण सिमावर्ती क्षेत्र गौरीगञ्जसम्मको १४४ किलोमिटरको वोर्डरमा प्रहरीले अहिले सिमा निगरानी समितिसंग सहकार्य गर्दै सिमाको निगरानी गरिरहेको छ प्रहरी उपरीक्षक कोइरालाले भन्नुभयो – यसो गर्दा भारतबाट कोही पनि अब नेपाल प्रवेश गर्न पाउँदैनन् यदि कोही नेपाल प्रवेश गरिहाले भने सो समिति र प्रहरीले उनीहरुलाई तत्काल नियन्त्रणमा लिँदै स्थानीय पालिकाले तयार गरेका क्वारेन्टाइनमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।

अहिले सिमावर्ती क्षेत्र काँकरभिट्टा, कुमरखोद, गौरीगञ्ज, राजगढ, कुञ्जीवारी,भद्रपुर लगायतका क्षेत्रमा सिमा निगरानी समिति निर्माण गरिएको छ ।

यता सशस्त्र प्रहरी वल झापाले पनि जिल्लाका विभिन्न स्थानमा सिमा क्षेत्रको निगरानीका लागि एक सय थप प्रहरी परिचालन गरेको छ .

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *