May 14, 2026

पहिलो चरणमा ६ हजार ९ सय ६० घर परिवारलाई राहत

0

विर्तामोड,

झापाको विर्तामोड नगरपालिकाले पहिलो चरणमा ६ हजार ९ सय ६० घर परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

नगरले १० वटै वडाका २८ हजार ५ सय ८६ व्यक्तिलाइ पहिलो चरणमा राहत सामाग्री निकासा गरेको नगर प्रमुख ध्रुव सिवाकोटीले जानकारी दिनु भयो ।

ती सामाग्री सवै वडामा लगत संकलन गरिएका व्यक्ति र परिवारलाई वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको सम्वन्धित वडा अध्यक्ष हरुले जानकारी दिएका छन् ।

नगरमा विपन्न र असहाय व्यक्तिहरुलाई पहिलो चरणमा ११ लाख ३ हजार ७ सय ९५ केजी चामल वितरण गरिने वताइएको छ । विर्तामोडले नगरपालिकामा गठन गरेको राहत कोषमा अजा सम्ममा कुल ९७ लाख ७६ हजार ७ सय ४० रुपैया जम्मा भएको छ ।

त्यस मध्ये नेपाल वहुद्देशीय साकोस , जीवन विकास लघु वित्त , पुर्व नेपाल वहुद्देशीय र ने क पा नगर कमिटीले जिन्सी सामाग्री उपलब्ध गराएका छन्। यसै गरि अन्य ५५ संघ सस्था र व्यक्तिले नगद उपलव्ध गराएको जानकारी दिइएको छ ।कोषमा नगरपालिकाले ५० लाख रुपैया जम्मा गरेको थियो ।

यसै विच केहि संचार माध्यममा राहत सामाग्री कम उपलब्ध गराइएको विषयमा आएको समाचार निराधार भएको दावी नगरपालिकाले गरेको छ । वडा नम्वर ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्ग्देनले लगत उठाइएका व्यक्ति र परिवारलाई कार्यविधि अनुरुप नै राहत सामाग्री वितरण गरिएको जानकारी दिनु भयो ।

उहाले सर्वदलिय प्रतिनिधिको उपस्थितिमा तोकिए वमोजिमकै सामग्री उपलव्ध गराइएको र वाकी रहेकालाई पनि सोहि वमोजिम वितरण भैरहेको वताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *