May 3, 2026

कचनकवल गाउँपालिकाको विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग

0

भद्रपुर ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाको विपद व्यवस्थापन कोषमा विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्न थालेका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनमा गाउँपालिका असहाय तथा विपन्न समुदायलाई राहत स्वरुप खाद्यान्न वितरण गर्नलाई संघसंस्थाले कोषमा आर्थिक सहयोग गर्न थालेका हुन् ।

यसैबीच गाउँपालिकामा रहेका सात वटा सामुदायिक वनले १५ हजारको दरले एक लाख पाँच हजार रुपैयाँ विपद कोषमा सहयोग गरेका छन् । सामुदायिक वनका अध्यक्षहरुले गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सामुदायिक वनहरु दिपज्योति, पाथिभरा, दुर्गाभिट्टा, अभिमुक्तेश्वर, त्रिवेणी, पूर्व देउराली र पश्चिम देउरालीले सहयोग गरेको जनाइएको छ । त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बनियानीले गाउँपालिकाको कोषमा ५० हजार सहयोग गरेका छन् ।

सहकारीले सो रकम बराबरको चेक गाउँपालिकाका अध्यक्ष आलमलाई हस्तान्तरण गरेका थिए । गाउँपालिकाले एकद्धार प्रणालीबाट तीन हजार असहाय तथा विपन्न, मजदुर परिवारलाई खाद्यान्न सामग्री वितरण गरिरहेको गाउँपालिकाका स्वीकय सचिव विकास घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *