May 3, 2026

तिमीसँग भेट हुन्न होला अब महामारी चलेको छ
बाहिर हाँसे जस्तो गर्छु भित्री मन मेरो जलेको छ
कस्तो समय आयो प्रभु पल पल मर्दै बाँच्नु पर्ने
आँखाको डिलमा आएको आँसु लुकाएर हाँस्नु पर्ने ।

चलिरहेको धड्कन रोकियो मरिदैछ भन्ने डरमा
सर्वश्रेष्ठ ठान्ने मानवले लुक्ने दिन आएछ घरमा
घमण्ड थियो मानवलाई सारा संसार बसमा पारे
हुँकार गर्थ्यो मृत्युलाई पनि समय अनुकुल मैले सारे।

चिनबाट सुरु भएथ्यो कोरोनाको यो महामारी
विश्व भ्रमणमै निस्के झै निरन्तर छ यात्रा जारी
सुटुक्क कोसँग आउँछ यो बसेको छ डर मनमा
नयाँ वर्ष नजिकिदै गर्दा कति छैन खुसी तनमा‌ ।

विकराल रुप लिदै छ यसले हाल संसार भरमा
भाइरससँगको युद्ध जित्न केही समय बसौँ घरमा
लाशहरुको थुप्रो देखेर मेरो,छाती हुने गर्छ भारी
छिमेकीसँग आउजाउ छैन कुरा हुन्छन् वारिपारि ।

छोराछोरी गए विदेशतिर बाआमा एक्लै छन् घरमा
परिवार भेट्ने अपूरो इच्छा छोड्दै छु प्रभुको भरमा
स्कूल,क्याम्पस र कार्यालय सबै बन्द भएका छन्
सहरको बसाई कठिन भयो त्यसैले गाउँतिर गएका
छन् ।

सीता पौड्‌याल

हाल काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *