May 3, 2026

धरानमा तीनजना डेंगु संक्रमित फेला

0

धरान,

धरानमा तीनजनामा डेंगुको संक्रमण देखिएको छ। धरानको वीरेन्द्र मेडिकल हलमा स्वास्थ्य परीक्षण गर्न आएका धरान उपमहानगरपालिका–१२ का ५४ वर्षीय एक महिला र वडा नम्बर १५ का १९ वर्षीय एक युवकमा डेंगु भेटिएको डा. सुरेन्द्र यादवले जानकारी दिए।

ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने डेंगु धरानमा गत वर्ष वैशाख अन्तिममा देखिए पनि यो पटक भने चैतमै देखा परेको छ। यसअघि धरानको सन्ध्या इन होटेलका चालकमा पनि डेंगु सङ्क्रमण भेटिएको थियो। अहिले उनी निको भई सकेका छन्। डेंगु एक प्रकारको ज्वरो हो।

यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो डेंगुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। गत वर्ष धरानमा महामारी कै रूप देखिएको डेंगु गर्मियाम सुरु भएसँगै पुनः देखिन थालेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले बताए।

सिङ्गो मुलुकको ध्यान कोरोना भाइरस नियन्त्रणमा केन्द्रित भइरहेकोे बेलामा धरानमा भने यो गर्मी सुरु भएसँगै डेंगुको सङ्क्रमण देखिन थालेको हो। डेंगुको लक्षण भएको उच्च ज्वरो आउनु हो । स्वास्थ्यकर्मीहरुका अनुसार डेंगु लाग्दा आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा पर्छन्। सङ्क्रमितमध्ये केही थोरै भने सिकिस्त पनि हुन सक्छन्।

शरीरमा सेतो रक्त कोसको सङ्ख्या कम भएमा रक्त नलीहरूबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने लक्षण देखा पर्न सक्छ। रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुन सक्ने गर्दछ।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *