July 11, 2026

कोरोनाका कारण बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

0

एजेन्सी ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएका छन्।

आइतवार साँझ उनलाई लक्षणहरू उस्तै देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ। उनका डाक्टरको सुझावपछि यो कदम चालिएको बताइएको छ।

डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिअनुसार चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राति परीक्षणका लागि अस्पताल भर्ना भएको जनाएको छ। सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने बताइएको छ।

कोरोनाको संक्रमण देखिएका प्रधामन्त्री जोनसन क्वारेन्टाइनमा बसेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *