July 11, 2026

कोरोना रोक्न विप्लवका सरकारलाई १४ सुझाव

0

 

झापा,

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कोरोना भाइरस ९कोभिड–१९० बाट मृत्यु हुनेको संख्या सरकारले लुकाएको आरोप लगाएका छन् ।

कोरोना महामारीविरुद्धको संघर्षमा केपी ओली नेतृत्वको नेकपा सरकार असफल हुनुका साथै जनताको दृष्टिमा भ्रष्ट र बदनाम हुन पुगेको आरोप विप्लवले लगाएका छन् । ‘कोरोना आशंकामा निजी क्षेत्रबाट चलेका अस्पतालहरुले बिरामीको उपचार गनै अस्वीकार गरेको र केहीको ज्यान समेत गएकाले सरकारको सूचनाप्रणालीमा विश्वसनीयता देखिएन’, विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बिरामीहरु कोरोना प्रभावित हुने र कोरोनाकै कारण मरेकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका बढेको देखियो ।’

विप्लवले प्रकोप नेपाल भित्रिने सम्भावना स्पष्ट भइसकेपछि पनि सरकारले आवश्यक स्वास्थ्य उपकरण आयात र उत्पादनमा समयमै पहल नगरेको बताए । यस्तै उनले संक्रमणसँगै आवश्यक औजार तथा उपकरण खरिदमा पनि भ्रष्टाचार गर्न खोजिएको आरोप लगाए । विप्लवले विदेशमा रहेका नागरिकलाई हवाइजहाजबाट स्वदेश ल्याउँदा समेत टिकटबाट आउने रकमा कमिसनखोरी गरिएको आरोप उनको छ ।

उनले सरकारले परीक्षणको सुविधा गाउँगाउँसम्म पुर्याउनुपर्ने, कोरोनाबाट बच्ने उपायबारे सर्वसाधारणले बुझ्नेगरी प्रचारप्रसार गर्नुपर्ने, श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था गर्नुपर्ने, विदेशमा रहेर नेपाल फर्कन चाहने नेपालीलाई फिर्ता ल्याउनुपर्ने, व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रबन्ध गरिनुपर्ने, सीमामा फसेका नागरिकलाई स्वदेश फिर्ता ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने, नेपाल भारत सीमा विदेशीका लागि पूर्णरुपले बन्दगर्नुपर्ने लगायतका रहेको खवर काठमाडौं टूडेमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *