July 8, 2026

कविता गौतम थपलिया

न हास्ने बनायो न रुने बनायो
साबुन पानीले हात धुने बनायो !

जातै बैगुनि रैछ यो कोरोनाको
आफैमा छुवाछुत हुने बनायो !

रुघा लागोस् या घांटी दुखोस्
संकाले गर्दा लंका हुने बनायो !

बालक भनेन् यसले बृद्दा भनेन्
गाऊघर र शहर पुरै सुन्ने बनायो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *