July 5, 2026

भोजपुरका तीन युवकको कोरोना रिपोर्ट नेगेटिभ

0

भोजपुर,

कोरोना संक्रमित युवतीसँगै एउटै विमानमा आएका भोजपुरका एक युवकको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ बाट चैत ४ मा आएका षडानन्द नगरपालिकाका एक युवकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ। उनी क्वारेन्टाइनमा बस्दै आएका थिए। त्यस्तै, भारत सुनौली भन्सार हुँदै आएका सोही ठाउँका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको छ।

दुवैजना षडानन्द नगरपालिकाले दिङलास्थित हस्पिटलको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बस्दै आएका छन्। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो।

उनीहरुको स्वाब परीक्षणका लागि गत बुधबार धरान पठाइएको थियो। यस्तै, अरुण गाउँपालिकाका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको छ। कतारबाट आएका ती युवा होम क्वारेन्टाइनमा बस्दै आएकोमा ज्वरो बढेपछि थप उपचारका लागि भन्दै चैत १५ गते धरान लगिएको थियो।

उनको पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *