चिया उद्योग सञ्चालन गर्न स्थानीय सरकारको आग्रह
काँकरभिट्टा,

मेचीगर नगरपालिकाले आफ्नोनगरक्षेत्रभित्रका चिया कमान हरुलाई मापदण्ड पुर्याएर सवै चिया कमान तथा उद्योगहरुले चिया टिपन, संकलन, प्रशोधन, उद्योग सञ्चालन गर्न गराउन अनुरोध गरेको छ ।
प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ को मिति २०७६÷१२÷१९ च.नं १०९८ को “कार्यान्वयन सम्वन्धमा” विषयको पत्रको वुदाँ नं. ३ मा चिया टिपन, संकलन, प्रशोधन, उद्योग संचालनको हकमा स्थानीय तहले मापदण्ड वनाई कार्यान्वयन र अनुगमन गर्न उल्लेख भई आएको र सो सम्वन्धमा नेपाल चिया विकास निगम लि. अन्र्तगत स्थानीयतहका चिया श्रमिक आवद्ध ट्रेड यूनियनबाट समेतको परामर्श प्राप्त गरिएकाले निम्न मापदण्ड पु¥याई सवै चिया कमान तथा उद्योगहरुले निम्न मापदण्ड पु¥याई चिया टिपन, संकलन, प्रशोधन, उद्योग संचालन गर्न गराउन हुन अनुरोध गरेको हो ।
कमानमा काम गर्ने श्रमिकहरुलाई मास्क लगायत आवश्यक अन्य सुरक्षण सामाग्री उपलब्ध गराई वा प्रयोग गराई काममा लगाउने, चिया श्रमिकले मास्क र आवश्यक सुरक्षण सामाग्री लगाएर मात्र काम गर्ने , कमानमा पत्ति टिप्दा, पत्ति जोख्दा र उद्योग संचालन गर्दा निर्धारित दुरी (२ मिटर) कायम राखी काम गर्ने गराउने , काम गर्न शुरु गर्नु अघि अगाडि २० सेकेण्ड सावुन पानीले मिची मिची हातखुट्टा अनिवार्य धुने , कामबाट फर्किए पछि २० सेकेण्ड सावुन पानीले मिची मिची हातखुट्टा अनिवार्य धुने , मजदुरलाई काममा लगाउदाँ अलग अलग क्षेत्र तोकी तोकिएको निश्चित दुरी कायम गरी काममा लगाउने , स्थानीय मजदुरलाई मात्र काममा लगाउनु पर्ने मापदण्ड प्रदेश सरकारले तोकेको छ ।
उल्लेखित वुदाँ वाहेक कोरोना संक्रमण नियन्त्रणका लागि जारी अन्य सुरक्षण विधि अवलम्वन गर्ने । तथा मापदण्ड पुरा नगरी कार्य गरेमा प्रचलित कानून वमोजिम कारवाही हुने समेत मापदण्डमा उल्लेख छ । नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, झापा, जिल्ला प्रहरी कार्यालय, झापा, इलाका प्रहरी कार्यालय, काकरभिट्टा र इलाका प्रहरी कार्यालय, धुलाबारीलाई बोदार्थ दिएको नगर प्रमुख विमल आचार्यले बताए
