May 3, 2026

नेकपा झापाद्वारा कोरोना उपचार कोषमा एकलाख जम्मा गर्ने घोषणा

0

बिर्तामोड।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला समन्वय समितिले स्थापना गरेको कोषमा एकलाख रुपैयाँ दिने निर्णय गरेको छ ।

जिल्ला अध्यक्ष चिन्तन पाठक र सचिव मणिकुमार साङपाङ (विजय)ले शुक्रवार विज्ञप्ति जारी गर्दै जिससको कोषमा एकलाख रुपैयाँ दिने निर्णय भएको उल्लेख गरेका छन् । कोरोनाको उपचार तथा रोकथामका लागि जिससले ५० लाख रुपैयाँको कोष बनाएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले देश लकडाउन गरेपछि एउटा दैनिक ज्यालादारी गरेर जीवन गुजारा चलाउने वर्गले खाद्यान्न सङ्कटको जोखिम व्यहोरिरहेको भन्दै नेकपाले आवश्यक राहतको प्रवन्ध गर्न सरकारसँग माग गरेको छ ।

कोरोनाको नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्नु अहिलेको आवश्यकता भएको भन्दै नेकपाले पार्टी पङ्क्ति मानव सेवामा समर्पित हुनु पर्ने बेला आएको जनाएको छ ।

भारतसंगको खुला सीमा र घनाबस्ती भएका कारण झापा कोरोनाको उच्च जोखिममा रहेको भन्दै नेकपाले पार्टीका कार्यकर्तालाई स्वयम्सेवी रुपमा परिचालित हुन निर्देशन समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *