May 3, 2026

चीनबाट मेडिकल सामग्री लिएर वाइडबडी विमान काठमाडौं आइपुग्यो

0

काठमाडौं ।

मेडिकल सामग्री लिन चीन गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान काठमाडौं फर्किएको छ । विमानमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ । तर त्यसमा के कति सामान छन् भन्नेबारे खुलाइएको छैन ।

निजी अस्पतालका सञ्चालकहरुले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक सामग्री लिन जहाज चार्टर्ड गरेर चीन लगेका थिए । हिजो बिहान साढे ११ बजे काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको जहाज आज विहान फर्किएको हो ।

यसअघि सरकारले पनि चीनबाट मेडिकल सामग्री ल्याएको थियो । तर ती सामग्रीको गुणस्तरलाई लिएर भने विभिन्न प्रश्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *