लकडाउनमा यस्तो देखियो झापा (फोटो फिचर)

गाउँका हाट पनि सुनसान – कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाललाई लकडाउन गरेसंगै दक्षिणी झापाको कचनकवल गाउँपालिका – १ स्थित सुनसान देखिएको पथरीया बजार । लकडाउनका कारण ग्रामीण क्षेत्रका हाट बजार पनि अहिले सुनसान छन् ।

७०२ मिटर लामो कनकाई माइको पुल- कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाललाई लकडाउन गरेसंगै सुनसान देखिएको छ ७०२ टिर लामो पूर्ब– पश्चिम राजमार्ग अन्तरगत कनकाई माइको पुल । कनकाई माइमा पूजा–आजा गर्न आउने भत्तजनका कारण यहाँ अरु समय सधै भीडभाड हुने गर्थाे । तर, लकडाउनका कारण अहिले पूजाआजा बन्द हुँदा पुल सुनसान देखिएको हो ।

सुनसान सडक – कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाललाई लकडाउन गरेसंगै सुनसान देखिएको पूर्ब– पश्चिम राजमार्ग अन्तरगत झापाको माइधार–दूधे सडक खण्ड ।

सुनसान सडक – कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाललाई लकडाउन गरेसंगै सुनसान देखिएको झापाको शिवसताक्ष नगरपालिकास्थित दूधे बजार ।

शिवगञ्जमा निर्माण गरिएको मिनी धरहरा – कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन नेपाललाई लकडाउन गरेसंगै सुनसान देखिएको शिवसताक्षी नगरपालिकास्थित शिवगञ्ज । यहाँ नगरपालिकाले मिनी धरहरा निर्माण गरेको छ । शिवगञ्जका लागि धरहरा आर्कषकको केन्द्र बेनेको छ । तस्बिर– सुरेन्द्र भण्डारी
