नेपालमा कोरोनाका छैटौं संक्रमित भेटिए
काठमाण्डौं ।
नेपालमा कोरोना भाइरसका छैटौं संक्रमित भेटिएका छन्। कतार एयरवजको जहाजबाट गत चैत ४ मा काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत चैत ४ मा कतारको दोहा हुँदै काठमाडौं आएको क्युआर ६५२ नम्बरको उडानका अर्का यात्रुमा कोरोना संक्रमण देखिएको हो। योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको छ।
यसअघि फ्रान्स हुँदै दोहाबाट काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियबाट दोहा हुँदै काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो।
