काेराेना: मेड इन चाइना ?
सिमा त्रिताल,
विश्व कोरना भाइरस (कोभिड– १९) को महामारीले ग्रस्त छ । गएको तीन महिनामा संसारले यस्तो कहर काट्नुपर्छ भनेर न शक्ति राष्ट्रले सोचेका थिए न कुनै ठूला विश्लेषकले । यसअघि पनि यस्ता संक्रामक महामारी नआएका होइनन् । लाखौँ करोडौँ मान्छेको ज्यान लिने महामारी आएकै थिए ।
कोरोना (कोभिड) ले पनि थकाइ मार्ने छाँटकाँट देखाएको छैन । संक्रमित र मृतकको सख्या दिनानुदिन बढिरहेको छ । आज यो अवस्था आउला भनेर कसैले कल्पनासम्म पनि गरेको थिएन । विश्वमा कोरना संक्रमणबाट ज्यान गुमाउनेको सख्या आधा लाखनिकट पुगिसकेको छ ।
अब कोरना संक्रमित देशको सूचिमा अमेरिका पहिलो नम्बरमा आइपुगेको छ । यहाँ संक्रमितको संख्या २ लाख पुग्न लागिसकेको छ । यता कोरनाबाट सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा इटली पहिलो रहेको छ । स्पेन र इरानको पनि स्थिति यस्तै रहेको छ ।
अचम्म लाग्छः कोरना भाइरस चीनको वुहानबाट सुुरु हुन्छ । केही समयपछि एकाएक कम हुन्छ– अनि वुहानमा सबै कुरा समान्य हुन्छ । तर, संसारभरि कोरना त्रासले ताण्डव देखाइरहेको छ । लगभग सिंगो संसार लकडाउन छ ।
विश्वको स्वास्थ्य व्यवस्था उच्चतम् उन्नत भएको देशले कोरनाका अगाडि घुँडा टेकेको छ । तर उत्पत्ति भएको वुहान पूर्ववत् दैनिकीमा फर्किसकेको छ । वुहानमा लकडाउन हटाइसकेको छ । पूरा सहर सामान्य छ । पसल, रेस्टुराँ, सुपरमार्केट, यातायात, सञ्चार र सिंगो जनजीवन खुल्न थालेको छ– मानौँ केही भएकै छैन ।

विश्वको शतिmशाली राष्ट्रमा अहिले महामारी बनेको छ । ठूलो संख्यामा जनधनको क्षति भइरहेको छ । विश्वको अर्थ व्यवस्था संकटमा छ । विश्व स्वास्थ्य संगठन (ध्ज्इ) ले महामारी घोषणा गरेको छ । यद्यपि वुहान सामान्य अवस्था छ ।
अहिले विश्वको यस्तो अवस्था यस्तो आयो कि– बिमारी एक देशमा थियो तर औषधि सबै मुलुकले खाइरहेका छन् । के यसमा चाइनाको आफ्नै हात त होइन ? अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले भनिसकेका छन्– कोरना भाइरस चीनबाट आएको हो र चीनले कोरनाबारे सत्य लुकाएको हुनाले यो महामारी विश्वमा फैलिएको हो ।
Restery Warfare शीर्षकको एउटा चाइनिज किताब निस्कियो– केही वर्षअघि । जसमा लेखिएको छ– सैनिक युद्धबाट अमेरिकालाई जित्न सकिँदैन । यो किताबको कुरा मात्रै होइन । किनभने यो सामान्य र काल्पनिक किताब होइन । यसमा महत्वपुर्ण कुरा के छ भने यो किताब कुनै साहित्यकारले लेखेको होइन । स्वयम् चीनका पूर्व आर्मी कर्नेलले लेखेको हुन् ।
शंका गर्ने ठाउँ प्रशस्त छ– विश्वमा प्रभुत्व देखाउनको लागि जैविक हतियार बनाएको त होइन ? केही दिनदेखि मनमा केही प्रश्न खेलिरहे मनमा । खोजिरहेको जवाफ पाउन सकेको छैन ।
यस कारण चीनसँग मेरा ३ वटा प्रश्न छन् ।
प्रश्न १. कोरना वुहानबाट केही दुरी रहेको बेइजिङ र संघाइमा पुग्दैन । तर, हजारौँ किलोमिटर टाढा रहेका इटाली, स्पेन र अमेरिकामा कसरी महामारी बन्न पुग्छ ?
अब वुहानबाट अति प्रभावित राष्ट्रसम्मको दुरी हेरौँ ।
वुहानबाट अमेरिका ११८५९ किलोमिटर ।
वुहानबाट इटाली ८६५९ किलोमिटर ।
वुहानबाट स्पेन ९८५९ किलोमिटर ।
वुहानबाट जर्मनी ८२७९ किलोमिटर ।
वुहानबाट ब्रिटेन ८७७७ किलोमिटर ।
वुहानबाट इरान ५६६७ किलोमिटर ।
यी सबै देशमा आपतकाल घोषित छ । मान्छे मृत्युसँग संघर्ष गरिरहेको छ । तर वुहानबाट ८४० किलोमिटर रहेको संघाइ र ११ सय किलोमिटर नजिक रहेको बेइजिङ सामान्य अवस्थामा छ । कोरोना भाइरस हजारौँ–हजार किलोमिटर टाढा पुग्न सक्छ, आफ्नै देशको अत्यधिक भिडभाड हुने अस्तव्यस्त शहरमा केही पनि हुँदैन ?
प्रश्न २. चीनले कोरनालाई कसरी नियन्त्रणमा लियो ? विश्वलाई किन भनेको छैन ?
चीनमा कोरोना संक्रमितको संख्या ८१हजार २सय ६९– जसमध्ये ७४ हजार ६ सय ८८ पूर्ण रूपमा निको भएर घर फर्किसकेका छन् । ज्यान गुमाउनेको संख्या ३हजार ३ सय १२ मात्र छ । यति ठूलो संख्यामा ‘रिकोभर’ भएको तथ्यांक छ । यो विश्वको लागि राम्रो समाचार हो । तर चीनले कसरी रिकोभरी भयो विश्वलाई आफ्ना अनुभव र सत्यतथ्य बताएको छैन । विश्व स्वास्थ्य संगठन मार्फत ‘रिकोभरी’ हुने सम्भाव्यता, मेडिसन र प्रकियाहरू बताउन सकिन्थ्यो तर अहिलेसम्म बताएको छैन । WHO ले विश्व महामारीको घोषणा गरिसकेको छ अवस्थामा नियन्त्रणको उपाय सेयर नगर्नुको कारण के हो ?
प्रश्न ३. कोरनाको मेडिकल सामाग्री ठूलो संख्या उत्पादन बढाएको छ । चीनबाट आएको भाइरसले विश्व समुदाय संकटमा छ तर सहयोगको गर्नुको सट्टा व्यापार गरिरहेको छ । किन ?
चीनले कोरना प्रभावित देशलाई ठूलो मात्रामा मेडिकल सामग्री बेचिरहेको छ । उदारणको लागि नेपाललाई लिन सकिन्छ । नेपालले ठूलो रकम दिएर मेडिकल सामाग्री ल्याएको हो । चीनको मास्क उत्पादन गर्ने प्रतिष्ठित कम्पनी डोन पोलिमरको सेयर ४ सय १७ ले बढेको छ । चीनले ८२ वटा देशलाई टेस्ट किड्स दिने भनिसकेको छ तर यो कुनै उपकार गरेको होइन सरासर व्यापार हो ।
युरोपमा संक्रमित बढिरहेको बेला स्पेन, चेक रिपब्लिक र टर्कीले चीनबाट ठूलो परिणाममा टेस्ट किड्स मगाएका थिए । तर ती देशले आधाभन्दा बढी किट्स कमसल भएको जानकारी गराइसकेका छन् । फिर्ता समेत गर्ने भनिसकेको छन् । वास्तवमा यो समय व्यापार गर्ने होइन, विश्व समुदायमाथि आइपर्ने संकट मिलेर सामाना गर्ने हो ।
वास्तवमा अहिले प्रविधिले निकै ठूलो फड्को मारिसकेको छ । अनुसन्धान तीव्र गतिले भइरहेको छ । कसरी र कहाँबाट आयो अनुसन्धानबाट सबै सत्यतथ्य खुल्ने नै छन् । साथै थुप्रो नयाँ–नयाँ जानकारी पनि आऊलान् । मलाई पूर्ण विश्वास छः छिट्टै कोरना भाइरस वैज्ञानिकको नियन्त्रणमामा आउने छ । सार्स र ईबोला जस्ता महामारीबाट बचेको यो मानव सम्यता छिट्टै यस महामारीबाट पनि उम्किने छ ।
