June 28, 2026

फेसबुकमा कोरोनासम्बन्धी अफवाह फैलाउने दमकबाट पक्राउ

0

भद्रपुर ।

कोरोना भाइरससम्बन्धी अफवाह फैलाएको आरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।

कोरोना भाइरसका बिरामी फेला पर्‍यो भन्दै सामाजिक सञ्‍जाल फेसबुकमार्फत लाइभ भिडियो गरेर समाजमा आतंक फैलाएको भन्दै दमक नगरपालिका १ बस्‍ने कुमार राईलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ। राई शुक्रबार दिउँसो दमकका एक बिरामीलाई ज्वरो आएको भन्दै एम्बुलेन्समा हालेर धरान लगिरहेको अवस्थामा उनले फेसबुक लाइभ भिडियो गरेर आतंक फैलाएका थिए।

पक्राउ परेपछि उनले आफ्नो फेसबुकबाट अहिले उक्त पोस्ट डिलिट गरिसकेका प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *