June 28, 2026

मेची अस्पतालको आइसोलेसनमा उपचारार्थ बिरामीको स्वाब रिपोर्ट नेगेटिभ

0

भद्रपुर,

कोभिड–१९ (कोरोना भाइरस) को आशंकामा मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा उपचारार्थ युवकको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आएको उनको स्वाब थ्रोट परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेसु डा पिताम्बर ठाकुरले जानकारी दिए। उनको शारीरिक स्वास्थ्य अवस्थामा अहिले सामान्य रहेकोले शुक्रबार डिस्चार्ज गरिने डा ठाकुरले बताए।

झापा जिल्ला गौरदाह नगरपालिका बस्ने ३५ वर्षीय युवक कतारबाट वैदेशिक रोजगारीबाट चैत ४ गते घर फर्किएका थिए। फ्रान्सबाट आएकी कोरोना सङ्क्रमित नेपाली युवतीसँग एउटै विमानमा आएको भन्दै ती युवक आत्तिएर चैत ११ गते स्वास्थ्यकर्मीको सम्पर्क आएका थिए।

तर ती युवक कोरोना सङ्क्रमित युवतीसँग एउटै विमान नआएको पुष्टि भए पनि आइसोलेसन वार्डमै रहेर उपचार गरिरहेका थिए। मेचीमा अहिलेसम्म आइसोलेसन वार्डमा भर्ना भएका योसँगै दुई जनाको स्वाब थ्रोट परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *