June 28, 2026

विदेशबाट जिल्ला भित्रिनेको खोजी गर्दै धनकुटा प्रशासन, २१ जना भेटिए

0

धनकुटा,

जिल्ला प्रशासन कार्यालय धनकुटाले गत २१ दिनमा विभिन्न मुलुकबाट धनकुटा भित्रिएकाहरुको विवरण खोजी कार्य तीव्र पारेको छ।

नेपालमा तेस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि प्रशासनले युरोप, पश्चिम एसिया र खाडी मुलुकबाट आएका यात्रुहरुको विवरण संकलन तीव्र पारेको हो। स्थानीय तहसँग सहकार्य गरेर खोजी गरी हालसम्म ३५ जना फेला पारेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।

विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेर उनीहरुको व्यक्तिगत विवरण संकलन गर्ने काम भइरहेको श्रेष्ठले बताए। प्र्रशासनले विदेशबाट आउनेलाई तत्काल स्वास्थ्य चौकीमा सम्पर्क गर्न अपिल गरेको छ। वडास्तरमा रहेका जनप्रतिनिधिहरुमार्फत पनि विदेशबाट आएकाहरूको खोजी कार्य गरिएको प्रशासनले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भएको युवती सवार हवाई जहाजबाट धनकुटाका नागरिक आए नआएको पनि खोजी गरिरहेको छ। धनकुटाका सातवटै स्थानीय तहमा रहेका ६० वटै वडामा नेपाल सरकारले विदेशबाट आगमनमा प्रतिबन्ध लगाएका देशबाट भित्रिएका वा चैतमा सार्क राष्ट्रबाट समेत आएकाहरुको खोजी भइरहेको हो।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *