राजगढमा अस्थायी अस्पताल, १० वेडको क्वारेन्टाइन निर्माण
राजगढ,
दक्षिणी झापाको बाह्रदशी गाउँपालिकास्थित राजगढमा झण्डै दुई करोड रुपैयाँ लगानी गर्दै अस्पताल सञ्चालनको तयारी गरिएको छ ।
स्थानीय २३ जना युवाको सक्रियातामा अस्पताल सञ्चालनको तयारी थालिएको हो ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइसर विरुद्ध सोही अस्पतालमा क्वारेन्टाइन निर्माण गरिएको र पछि त्यसलाई अस्पतालको पूर्ण रुप दिने बताइएकोछ । जसका लागि दुई जना विशेषज्ञ डाक्टर सहितको व्यवस्था गरिएको छ ।
एस्टार हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका रुपमा वाह्रदशी गाउँपालिकाबाट अस्थायी अनुमति लिएर सेवा शुरु गर्न लागिएको सञ्चालक प्रेम घिमिरेले जानकारी दिए । अहिले महामारीका रुपमा फैलिएको कोरोना भाइरसका लागि क्वारेन्टाइन हो – पछि अस्पताल बनाइन्छ । अस्पताल सञ्चालक समिति अध्यक्षमा सोमप्रसाद घिमिरे रहेका छन् । मेडिकल डाइरेक्टर दिपकराज पौडेल रहेको बताइएकोछ ।अस्पताल १५ शैयाको रहेको छ ।
अस्पताल सञ्चालक समितिमा मनोज कुमार खरेल, अर्जुन प्रसाद उप्रेती ,समता दहाल, घनेन्द्र ढकाल, डम्बर थापा, सीताराम बराल,शिशुपाल राजबंशी यज्ञ घिमिरे,कृष्ण थापा,लक्ष्मीप्रसाद यादव लगायत रहेको सञ्चालक समिति सदस्य घिमिरेले जानकारी दिए । क्वारेन्टाइन १० वेडको रहेको बताइएको छ ।
