June 28, 2026

बाह्रदशीका कृष्णप्रसाद भन्छन्– कोरोनाका विषयमा अनावश्यक भ्रम छर्नेलाई कारवाही गरिनुपर्छ

झापा,

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसंगै नेपाल आएका बाह्रदशी गाउँपालिका – १ निवासी कृष्णप्रसाद राजवंशीसहित पाँच जनालाई नै क्वारेन्टाइनमा राखिएको छ ।


कतार एयरवेजको ‘क्यूआर ६५२’विमानबाट गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीसंगै वाह्रदशी गाउँपालिका १ खयरवारीका राजवंशी पनि नेपाल आएका थिए ।

सामाजिक सञ्जालमा ‘क्युआर ६५२’ उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि बाह्रदशी गाउँपालिकाले उनलाई आजबाट क्वारेन्टाइनमा राखेको बाह्रदशी गाउँपालिका – ३ का अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिए ।

कतारबाट नै आएका अर्का एक व्यक्तिलाई पनि बाह्रदशी गाउँपालिकाले आजदेखि क्वारेन्टाइनमा राखेको छ ।
क्वारेन्टाइनमा राखिएका राजवंशीले युवाहरुले आफूहरुको स्वास्थ्य अवस्था अहिलेसम्म ठीक भएको र परिवार लगायत अरुलाई नआत्तिन सुझाव दिएका छन् ।

उनले अनावश्यक रुपमा कोरोना भाइरसका विषयमा गलत प्रचार गर्नेलाई कारवाही गरिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाटै स्टाटस पोष्ट गर्दै कोरोना संक्रमित युवतीसँगै म आएको हु ,मलाई ठीक छ, तर पनि सावधानी पूर्वक बसेको छु,  Quarantine मा । ‘आफू पनि बचौं अरुलाई पनि बचाऔं’ ।

कतारबाट एउटै एयरलाइन्समा ती युवतीसंगै आएपनि हाम्रो चिनजान र वोलचाल नभएको उनले पूर्वाञ्चलकर्मीसंगको कुराकानीमा बताएका छन् । उनले भनेका छन् –‘ काठमाडौंबाट आउँदा एक दिन गेष्टहाउसमा बसे । त्यसपछि सोझैं घर आएको हुँ । अहिलेसम्म मलाई, ज्वरो, खोकी, थकाई केही पनि लागेको छैन । म स्वस्थ्य छु ।’

परिवार र समाजको पूरा सहयोग उनले भने – क्वारेन्टाइमा वस्ने व्वयस्था पनि राम्रो मिलाइएको छ । मसंगै आहिले कतारबाटै आउनु भएक अर्का एक व्यक्तिपनि संगै हुनुहुन्छ ।

राजवंशीलाई गाउँपालिकलो अहिले एस्टार हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा राखेको छ ।

वाह्रदशी गाउँपालिकलो तयार राजगढमा रहेको क्वारेन्टाइनमा राखिएकाका उनले आफ्नो स्वास्थ्य जाँच शुरु गरिएको बताएका छन् । आफूहरुलाई दुई जना चिकित्सकले प्रत्यक्ष निगरानी गरिरहेको जानकारी दिए ।

यता झापाका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले उक्त विमानमा आएका भनिएका झापाका पाँचै जना स्वास्थ्य रहेको र उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताए ।