June 28, 2026

शुक्रबारदेखि बीपी प्रतिष्ठान धरानमा पनि कोरोना भाइरस परीक्षण हुने

0

काठमाडौं,

सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरस परीक्षण सुरु गर्न लागेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस जाँच गर्ने किटसहितको प्राविधिक टोली त्यसतर्फ पठाएको छ। स्रोतका अनुसार मन्त्रालयले पहिलो लटमा १२० वटा स्याम्पल परीक्षण गर्न सक्ने किट पठाएको छ। थप किट केही दिनमै पठाउने तयारी हुँदैछ।

बिहीबार कोरोना परिक्षण कीट धरान पुगेको छ। अब भोलिबाट परीक्षण सुरु हुने भएको छ। यसअघि कोरोना रोकथाम उच्चस्तरीय समितिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, वीर अस्पताल काठमाडौँ, धुलिखेल अस्पताल काभ्रेमा पनि परीक्षण सुरु निर्णय लिएको थियो।

हाल टेकुस्थित प्रयोशालामा मात्रै कोरोना भाइरस परीक्षण भइरहेको छ।-थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *