June 28, 2026

लकडाउन उल्लंघनका सवारीसाधन झापा प्रहरीले नछाड्ने, थप कडाई गर्दै

0

झापा ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउनको तेस्रो दिन बिहानैदेखि सडक सुनसान छन्।

झापाका विभिन्न शहरहरुमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। पहिलो र दोस्रो दिन भन्दा आज थप कडाइका साथ प्रस्तुत हुने तयारी सुरक्षाकर्मीले गरिरहेका छन्।

नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि सरकारले थप कडाइका साथ लकडाउन कार्यान्वयनको रणनीति बनाएको छ। त्यसका लागि देशका केही ठाउँमा जनपथ, सशस्त्र प्रहरीसँगै नेपाली सेनाको टोली पनि परिचालित गरिएको छ।

झापामा लकडाउन उल्लघंन गर्नेप्रति प्रहरीले कडा कदम चाल्ने भएको छ। पहिलो र दोस्रो दिन पनि जिल्लावासीले लकडाउन उल्लघंन गरेका घटना देखिएपछि झापा प्रहरी कडा रुपमा प्रस्तुत हुन लागेको हो । पहिलो र दोस्रो दिन जिल्लाका विभिन्‍न स्थानबाट प्रहरीले २ सय ७० बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिएका सवारीसाधन बेलुका छाड्ने गरेको र त्यसो गर्दा लकडाउन प्रभावकारी हुन नसकेको भन्दै आजदेखि नियन्त्रणमा लिएका कुनै पनि सवारीसाधन नछाड्ने प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनले नियन्त्रणमा लिइएका सवारी लकडाउन हठेपछि मात्रै सम्बन्धित ब्यक्तिलाई दिइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *