July 1, 2026

राष्ट्रियसभा बैठक स्थगित

0

काठमाडौँ, 

राष्ट्रियसभाको आजका लागि तोकिएको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगन भएको छ ।

कोभिड– १९ को सम्भावित सङ्क्रमणको जोखिमप्रति सचेत गराउँदै नेपाल सरकारले २५ जनाभन्दा बढी कुनै पनि भेला, बैठक र गतिविधि नगर्न आग्रह गरेका सन्दर्भमा राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगन भएको हो ।

बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको थियो । यसअघि प्रतिनिधिसभाको बैठक पनि अर्काे सूचना नभएसम्मका लागि स्थगन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *